मोहनविक्रम सिंह हुम्लाको कांग्रेस सभापतिमा चयन

फिल्को मिसन

१७ आश्विन २०७८, आइतबार
सिमकोट । नेपाली कांग्रेसको हुम्ला जिल्ला सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन् । सिंह निवर्तमान पार्टी सचिव पनि हुन् ।
सिंह पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । यस्तै उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाय निर्वाचित भएका छन् भने सचिवमा विजया बुढा र कृष्णबहादुर बोहरा निर्वाचित भएका छन्। यस्तै सहसचिवमा पाल्जोर तामाङ र दिलबहादुर शाही निर्वाचित भएका छन्।
जिल्ला कार्यसमितिमा कटकबहादुर लामा, नन्दबहादुर शाही, अंगबहादुर शाही, प्रेमबहादुर भण्डारी, ङपुड ग्याल्जोङ लामा, सूर्य शाही, रत्नलाल खड्का चयन भएका छन्। महिला सदस्यतर्फ पाल्डोन लामा, सुना बुढा, उजेली थापा, कन्यावती जैसी, सपनाकुमारी सिंह ठकुरी, नन्दसरा शाही र वविता कुशुम शाही निर्वाचित भएका छन् । समावेशीतर्फ हरिबहादुर शाही, गुरु कार्की, नवराज भण्डारी, लोक्ते काकी, मुगा बोहरा, गोरे पुन, धनकुमारी ऐडी, चेतना गिरी र नरबहादुर रावल चयन भएका छन्।
जिल्ला अधिवेशनले खुल्लातर्फ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्न नसके पनि महिला खुलाबाट सुशीला रोकाय, मधु शाही, रीता लामा, रंगमति शाही, समावेशीतर्फ गणेश महत, पदम शाही, जुनराज हमाल, महिला समावेशीतर्फ उषा रोकाय, गोमा शाही, तुली भण्डारी, अपाङ्गतातर्फ जनकबहादुर शाही, दलितबाट दलसरा परियार, रामबहादुर टमट्टा, जनजातितर्फ पेमा डोका लामालगायत चयन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस