पूर्व प्रर्यटन मन्त्री शाहीकै गृह जिल्लामा काँग्रेसको समानान्तर समिती

फिल्को मिसन

१८आश्विन २०७८, सोमबार
हुम्ला । नेपाली काँग्रेस रामचन्द्र पौडेल पक्षले हुम्लामा राम बहादुर भण्डारीको संयोजकत्वमा समानान्तर कमिटी घोषण गरेको छ ।कांग्रेसको १४ औं जारी महाधिवेशन प्रक्रियामा पुर्व प्रर्यटन मन्त्री जीवन बहादुर शाहीकै गृह जिल्लामा काँग्रेसको समानान्तर कमिटी चयन गरेको हो ।
स्थानीय तह देखि प्रदेश हुँदै जिल्ला सम्म निर्वाचन कमिटी लाई पनि आफुनो काबुमा राखेरर पुर्व प्रर्यटन मन्त्री शाहीले एकलौटीरुपमा चयन गरेको भन्दै बाध्य भएर आफुले चयन गर्नु परेका पूर्व संसद रिता शाहीले बाताईन । उनीहरुले अधिवेशनमा निष्पक्ष गर्न जिल्ला निर्वाचन कमिटि लाई लिखीतआग्रह गर्दा समेत जिल्ला निवार्चान कमिटीले उल्लटै एकलौटीरुपमा एकपक्षय लाई साथ दिएर चयन गरेको आरोपा लगाएका छन । हुम्लामा निर्वाचन भएको छैन् यो आ–आफ्नो प्यानलको नेतृत्व चयन गरीएको हो । यो मुद्दा केन्द्र सम्म जाने र उतैबाट टुंगो लागेर आउने बताउनुभयो । कस्को जिल्ला पार्टी सभापति आधिकारी हुन्छ त्यति खेर थाहा हुने शाहीले बताइन ।
नेता लोकेन्द्र भण्डारीले भने, ‘निर्वाचन कमिटीले विधान मिचेर एकलौटी र मनपरी ढंगले जिल्लामा चयन गरेकोमा आपति रहेको बताए । उनका अनुसार प्रदेश निवाृचन समिति र जिल्ला निर्वाचन समिती लगायत केन्द्र पार्टीका लाई लिखित ध्यानाकर्षण बुझाएको बताए ।
दुईवटा निर्वाचन क्षेत्र नम्बर भएको हुम्लामा दुबै पक्षले आ आफ्नो जिल्ला कार्य समितीको नेतृत्व चयन गरेको घोषण गरेका छन् । एक दिन अगाडी हुम्ला कांग्रेस सभापतिमा शेर बहादुर देउवा पक्षले मोहन विक्रम सिंह नेतृत्व जिल्ला कार्यसमिती घोषणा गरेको पछिल्लो दिन आज राम बहादुर भण्डारीको नेतृत्वमा संस्थापन इतर पक्षले पनि आफ्नो जिल्ला कार्य समितीको नेतृत्व घोषणा गरेको हो ।
जिल्लामा खटिएका निर्वाचन अधिकृत देउवा पक्ष भएकाले आफुहरुको कुनै सुनुवाई नभएको नेता ठान बहादुर रोकायाले बताए । निर्वाचन अधिकृतले निर्वाचन गराउँन छोडेर आलटाल गरी एकल प्यानललाई विजयीको घोषणा गरीएको आरोप लगाएका छन ।निर्वाचन क्षेत्र नम्बर (क) बाट सुरु भएको बिबाद अन्ततः समानान्तर समिति गठन गरेर कांग्रेस दुई धारमा बिभाजन भएको छ । प्रदेश सभा (क) को अधिबेशनलाई बहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिबेशनलाई समेत बहिस्कार गरी राम बहादुर भण्डारीको सभापतित्वमा समानान्तर समितिको घोषणा गरेको छ ।
पार्टीको बिधान बिधी पद्धती र सिदान्त बिपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुस्ट भई पुर्व सांसद रिता शाही र निर्वाचन क्षेत्र नम्बर (क) का समानान्तर समितिका सभापती लाकेन्द्र भण्डारीको अगुवाईमा समानान्तर समितिको घोषणा गरेको छ । समानान्तर समितिको उपसभापतीमा पेमा तामाङ र तिलक शाही, सचिव चन्दा फडेरा र लाकेन्द्र बहादुर लामालाई चयन भएका छन । यस्तै सहसचिवमा राजप्रसाद जैसी, खुल्ला सदस्यमा जनक शाही,जगत बहादुर धामी,छिरिङयाङजु लामा,धर्मदत्त फडेरा,जस फडेरा,सुनीता बुढा,घमण्डी मल्ल,खसआर्यमा दाने फडेरा, बिक्रम बुढा,दलितबाट लालकला बिक ,जनजाती पासाङ बुढाथोकी,जनक तामाङ,खसआर्य महिला सदस्यमा नानीकला शाही,मायादेबी शाही चयन गरेको छ सदस्यमा गुठ बहादुर सिंह,प्रेम बहादुर बढाथोकी दिपक बुमी,पे्रमा सुनार लाई समानान्तर समितिको समितिमा चयन गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर (ख) को सभापतिमा जनक शाही, उपसभापतिमा ताम्बा छिरिङ लामा, ताक्पा लामा, सचिवमा पेमा लामा,धनशिरि बोहरा, सह सचिवमा लक्षिमा सुनार, ज्ञानु रोकाया, कोषाध्यक्ष च्याफुटी लामा, सदस्यमा जनदेवी शाही, राम बहादुर लामा, राजु भण्डारी, बसन्त कामी, नुर्वु तन्जन लामा, तक्दिर परियार,विरबल दमाई, सुर्य लामा गरेर १६ सदसस्यीय कमिटी गठन गरेको जानकारी प्राप्त भएको छ ।


यता पार्टी सभापति शेर बहादुर देउवा पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेको भन्दै आइतबार एकलरुपमा आफ्नो नेतृत्व चयन भएको बताएको छ । संस्थापन इतर समूह निर्वाचन प्रक्रियामा सहभागी नहुँदा संस्थापन पक्षका उम्मेदवारले विजयी घोषणा गरेका हुन् । देउवा पक्षबाट मोहन विक्रम सिंह निर्विरोध जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको उपसभापतिमा कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा विजय बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङ निर्वाचित भएका छन् । त्यसैगरि २४ जना जिल्ला कार्य समितिका सदस्यहरु पनि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस