विधान विपरित जाने जो कोहीलाई पनि कार्वाही हुन्छ : पुर्व मन्त्री शाही

अर्जुन बोहरा

२०असोज ,२०७८ बुधबार
सिमकोट । पार्टीको विधान तथा निति विपरित काम गर्ने नेता तथा कार्यकर्ता लाई नेपाली काग्रेस हुम्लाले कार्वाही गर्ने जनाएको छ ।
निर्वाचनको बिषय लाई लिएर पछिल्लो समय सामाजिक संजाल र कतिपय मिडीयामा काँग्रेसको समान्तर कमिटी बनाएकोे अनावश्यक कुराहरु पोष्ट हुन थालेपछी बुधबार विजय होटलमा पत्रकार समेलन गर्दे आफु नै निर्वाचित वैधानीक भएको दावी सभापति कांग्रेस सभापति मोहनु बिक्रम सिहंले बताए ।
कांग्रेसको इतिहास बलियो भएको चर्चा गुर्दै सभापति सिंहले अहिलेको हारबाट पाठ सिकी पार्टीलाई सुदृढीकरण गरी थप शक्तिशाली बनाउनु पर्नेमा उल्टै समान्तर कमिटी बनाएकोमा जिल्ला पार्टीले कार्वाहि गर्ने बताए । हुम्लाको क प्रदेशमा ६ मतपाएको लोकेन्द्र भण्डारीले निर्वाचन निष्पक्ष भएनुन भन्नु गलत भएको बताए । त्यस्ता अनाधिकृत तथा गैरजिम्मेवारी गतिविधि तत्काल बन्द गर्न समेत सम्बन्धित लाई आग्रह गरे ।
बुधबारमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गदै शाहीले विधीविधान विपरित जाने कसैलाई छुट नभएको बताएका हुन् । “आफु लाई बदनाम गर्न खोजेको भन्दै जिल्ला सभापति देखि ४४ वडामा समान्तर कमिटी बनाउने भन्नुनै केहि एक –दुई जनाले हाउगुजी लगाएर मलाई प्रहार गर्न सकिन्छ भन्ने होला ,ति मान्छेहरुको हैसियत नभएको मान्छेहरुले खेलेको खेल जस्तो लाग्छ ”नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन बहादुर पत्रकार समक्ष बताउनु हुन्छ ।
जिवन शाहीले नै पेलर लग्यो भन्नेहरु आफुले कोले कति कमाएको छ,भन्ने कुरो हो , न कामाई खाने हो । आज सारा साथीहरुले मेरो भनाई मानेका छन, र निर्वाचन अधिकृत लाई पनि बाँधेर लग्यो भन्ने तथ्य आधरहिन भ्रमपुर्ण मिडीयामा ल्याउने घटिया काम भयो । हृदय थानीकै मान्ेछ हो हुम्लामा निर्वाचन गराउनको आएको निर्वाचन अधिकृत” केन्द्रय सदस्य तथा पुर्व मन्त्री शाहीको आरोप छ ।
पार्टीमा धार हुन्छ तर उनिहरु जिते ठाउँमा हाम्रो सभापति हुन तर नेपाली काग्रेसका केन्द्रिय सदस्य शाहीले पार्टीको विधान विपरित जाने जो कोहीलाई पनि केन्द्र पार्टीले कार्वाही हुने बताए ।
पार्टी सचिव विजय बोहराले जिल्ला पार्टीले चुनावको बिषय लाई लिएर निकाले प्रेस विज्ञप्ती वाचन गर्दै पार्टीको अनुशान विपरीत हिड्ने कोहि कसैलाई छुट नभएको र निर्वाचित भएका सभापति दुबैको नामा फोटा जोडर मिडियामा प्रचारमा आएकोमा आपती प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस