फोन गर्न अग्लो डाँडा र रुख चढ्नुपर्ने बाध्यता

फिल्को मिसन

२१ असोजन २०७८ विहीबार
हम्ला । हुम्लाको अदानचुली गाउँपालिका सुमन बुढाले आफन्तसँग फोन गर्न कोठाना लेकमा जानुपरेको बताउनु भएको छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथिको डाँडामा पुग्नु पर्ने बाध्यता भएको बुढाले बताए । अदानचुली गाउँपालिकामा रहेको नेपाल टेलिकमको टवार र मुगुको सोरु गाउँमा राखिएकोले टावरमा खराबी आएपछि दुबै गाउँका स्थानीय समस्यामा परेका छन् । केही महिना यता ३ वटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि समस्या बनाएको छ ।
अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावरहरू मर्मत गरिएको थियो । तर, यस वर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली २ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नर बहादुर बोगटीले बताउनुभयो । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल छ फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालयाल श्रीनग।रले बताएको

प्रतिक्रिया दिनुहोस