आज दशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै

फिल्को मिसन

२६ २०७८ मंगलबार

सिमकोट । हिन्दु नेपालीको महान चाड बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन, घरघरमा विधिपूर्वक फूलपाती भित्र्याईँदैछ । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा धानको बाला, बेलपत्र, फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याउने परम्परा छ ।फूलपाती कूल परम्पराअनुसार भित्र्याउने भएकाले यसको साइत नदिइने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।हुम्लाको सिमकोट वडानं ५ स्थित थल्लहान्न विसाउनीबाट आज विशेष नेपाली सेना,प्रहरी,शसत्रक्त प्रहरी लगायतले फूलपाती भित्र्याउन गरेको छ । सहायक प्रजिअ दसरथ राईलेको नेतुत्वमा थल्नहाल्नसम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याउने गरिएको छ । उक्त स्थानमा पुजारीले दुर्गादेवीको पुजापाठ, बोकोको बली चढाउने, र तोप पड्काउने कार्य समेत भएको थियो ।यद्यपी सुरक्षा निकायहरुले ब्याण्डबाजा भने बजाएका थिए । थलहाल्नबाट सुरक्षा निकायले बोकर ल्याएको फुलपाती जिल्ला प्रशासन, सशस्त्र प्रहरी बल गुल्म, बराह दल गुल्म रानी बन देवीको मन्दिरमा लगेर राखिएको थियो । कार्यक्रममा सहायक प्रजिअ राई गुल्मपति गणेश खड्का, प्रहरी नायब उपरिक्षक हेरम्भ शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारी लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् फूलपाती भित्रयाउने शास्त्रीय मान्यता अनुसार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस