अपडे : मुगु बस दुर्घटनामा चालकसहित ३२ जानको मृत्यु

फिल्को मिसन

२६असोजन २०७८ मंगलबार
मुगु। मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्ज पु¥याएपछि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइतेमध्येबाट चार जनाको मृत्यु भएको उनले बताए।
‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पु¥याउँदैमा मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालगन्जदेखि मुगु सदरमुकाम आउँदै गरेको भे.१ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो करिब १ बजेतिर छायानाथ रारा नगरपालिका– ७ तपने खोलामा दुर्घटना भएको थियो। बस सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। दसैँ मनाउन घर फर्केका स्थानीय बासिन्दा घर पुग्न नपाउँदै दुर्घटनामा परी ज्यान गुमाएका छन्। बसमा सवार ४३ यात्रुमध्ये अधिकांश विद्यार्थी रहेका बुझिएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको बताए । प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए । घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस