रेडक्रस सोसाइटीको हुम्लाको तदर्थ समिति गठन, सभापतिमा लामा

फिल्को मिसन

कार्तिक २६, २०७८ शुक्रबार
हुम्ला । नेपाल  रेडक्रश केन्द्रद्धारा जारी परिपत्र अनुशार सोशाइटीका केन्द्रिय सदस्य लामाको नेतृत्वमा विभिन्न १५ जनालाई जिल्ला कार्यसमितिमा मनोनय गरेको छ । सभापति गणेश महतको कार्याकाल सकिएको ९ महिना पछि सामाजिक सेवा र रेडक्रशको अभियानमा लागेका छेपाल दार्जे लामा तामाङ लामालाई अर्को अभिवेशन नहुञ्जेलसम्मका लागि तत्काल तर्दथको सभापतिको जिम्मेवारी तोकेर पठाएको छ । केन्द्रिय कार्यालयको बसेको बैठकले हुम्ला जिल्लामा साभापति छेपाल दार्जे लामा तामाङको नेतृत्वमा तदर्थ समिति गठन गरेको सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले बताए । चन्दा शाही उपभापति,छवाङ लामा उप सभापति,गोकुल बुढा मन्त्रि,पासाङ लामा कोषध्यक्ष,किरण बुढा उप मन्त्रि,डिचिन डोल्कार लामा उप कोषध्यक्ष, सदस्याहरुमा नरबहादुर रोकाया,हरिबहादुर रावत,भैरब बहादुर लामा,कमल बोहरा,अर्जुन बोहरा,सरिता बोहरा,बिष्णु देवी रावल,र भक्तरा ऐडी चयन भएको छन । पदभार ग्रहणपछि सभापत तामाङले रेडक्रसको आदर्श, सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात गर्दै रेडक्रसलाई जनसमक्ष लोकप्रिय बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। रेडक्रसको लागि नयाँ ऐन ल्याउन राज्य पुनःसंरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल बताए । सभापति सहित २जना केन्द्रि प्रतिनिधी पठाएको मन्त्रि गोकुल बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस