माविका ६४ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण
कार्तिक २६,२०७८शुक्रबार
हुम्ला । कर्णाली प्रदेश स्काउटको आयोजनामा सिमकोट गाउँपालिका ५ र ६मा पर्ने मानसरवर मावि र बालमन्दिर माविका ६४ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको छ।
पोशाक वितरणमा मानसरोवर माविमा ३२, बालमिन्दर माविका ३२ जना वद्यार्थीहरूलाई स्कायट पोेश वितण भएको बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेशका संसद तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावले विद्यार्थीहरुलाई सानै उमेरदेखि सामाजिक सेवाप्रति जागृत गराउने, नैतिकवान, अनुशासित र व्यक्तित्व विकासका लागि सहयोग पुर्याउने खालका यस्तै कार्यक्रमहरु विद्यालयमा संचालन गर्नु स्काउटको महत्वपूर्ण भूमिका खेलेको भन्दै स्काउटको विकासको लागि गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक कमल बोहराले सिमकोट गाउँपालिका २ वटा विद्यालयमा पोशाक वितरण गरिने बताए ।जस मध्य सदमुकाम सिमकोटको रहेको मानसरवर मावि र बालमन्दिरु मवि छनोट भएको बताउदै बोहराले स्काउट शिक्षाले समाज र देशमा सकारात्मक परिवर्तनको लागि सहयोग पुग्ने बताए ।