हुम्लाले स्वार्गीय पत्रकार ऐडीको सम्झानामा श्रद्धान्जली कार्यक्रम
बिहीबार, मंसिर ९, २०७८
हुम्ला । नेपाल पत्रकार महासंघ हुम्लाले तारकेश्वर आवाज तथा हिमनगर मासिक पत्रिकाका सम्पादक पत्रकार नन्द बहादुर ऐडीको उपचारका क्रममा काठमाडौंको सुमेरु अस्पतालमा निधन भएको सम्झनामा विहीबार श्रद्धाञ्जली कार्याक्रम आयोजना गरेको छ ।
श्रद्धाञ्जली कार्याक्रममा पत्रकार महाँसघ हुम्लाका अध्यक्ष राजन रावतले हुम्ला देखि काठमाण्डौंको ताकेश्वर नगरपालिकामा रहेर नेपाली पत्रकारितालाई जीवनरता प्रदान गराउन ठुलो भुमिका खेलेको बताउनुभयो । सानै उमेरबाट दुर्गम जिल्लाबाट पत्रकारित गर्न सुरु गरेका ऐडीको हुम्ला जिल्लाको पत्रकारिता क्षेत्रको योगदानको सधै कदर गर्ने बताए ।
महासंघ हुम्लाका पुर्ब अध्यक्ष अर्जुन बोहराले स्वर्गीय ऐडीको निधनले हुम्लाको पत्रकारिता क्षेत्रलाई क्षेती पुगेको बताउनु भयो । नेपाल पत्रकार महासं हुम्लाका उपाध्यक्ष राज शाही, सचिव नन्द सिह लगायतका पत्रकाहरुले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण सुनाए ।
मृगौला, कलेजोे र हेपाटाईटिस सम्बन्धित रोगले पिडित पत्रकार ऐडीको गएको मंसीर ४ गते काठमाडौंको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको उपचारमा सहयोग पुर्याउनका लागि महासंघले आर्थिक संकलन गरेर १ लाख २३ हजार रुपियाँ श्रीमती बबिता बुढा लाई पठाएको छ ।
हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका वडा नम्बर ८फुचा गाउँ निवासी मृत्यक ऐडीका श्रीमती, एक छोरी र एक छोरा गरि तिनजना परिवार रहेका छन् ।