हुम्लाका ६पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

अर्जुन बोहरा

मार्ग १२, २०७८
सिमकोट। हुम्लाका ७ पालिका मध्ये ६ पालिकामा पालिकामा नेकपा (माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ। देशभर एकै साथ सुरु भएको अधिवेशन अन्तर्गत शनिबार बाट शुरु भएको अधिवेसनमा ६ पालिकामा माओवादी केन्द्रको पालिका कमिटी चयन गरेको छ ।
सात पालिका रहेको हुम्लामा नाम्ख गाउँपालिका यस भन्द पहिले पालिका अधिवेसनमा प्रेम लामको अध्यक्षतामो सर्वसहमति चयन भएको थियो भने शुक्रबार देखि शुरु भएको अधिवेसन ४वाट पालिका आइतबार पालिका कमिटी चयन गरेको छ । जसमा सिमकोट गाउँपापलिका अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान), ताँजकोटमा अकविर खड्का,अदनचुलीमा अध्यक्षय हरिदल पुन,चंखेलीमा कालि बहादुर बुढा (कुशल) र सर्केगाढ गाउँपालिका चन्द्रसिहं कार्की सर्वसहमतिमा कमिटी गठन गरेका माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा पुर्व सभासद छिमीर्दोजे लामा (आशाकार)ले जानकारी दिए । खार्पुनाथ गाउँपालिका सर्वसहमति हुन नसकेपछि अधिवेशन उद्घाटन गरेर स्थगित यहि महिनाको १५गते माथिल्लो निकाया बाटै टुग्याने तयारी गरिएको देवसिह रोकायाले बताए ।
गठन हुन नसकेका पालिकाहरुमा पनि छिट्टै सर्वसहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लामाले बताए। पार्टीको नीतिअनुसार प्रत्येक गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको लामाले बताउनु भयो । जिल्लाको सम्पूर्ण पालिकाहरूको पहिलो अधिवेशन हरेक हिसाबले समानुपातिक बनाउने प्रयास गरिएको बताए ।
सिमकोट गाउँपालिकामा छिमीदार्जे लामा, सर्केगाढ गाउँपालिकमा डा दीपेन्द्र रोकाया, चंखेलीमा विजय भण्डारी,अदनचुली गाउँपालिकामा लालकेश जैशी र ताँजकोट गाउँपालिकामा गोपाल बुढाको प्रमुख आतिथ्यामा कमिटी गठन भएको छ। यस्तै, जिल्लामा खापुनाथ गाउँपालिकामा उद्घाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ भने नाम्खा गाउँपालिकामा गएको महिनामा सर्वसम्मत अधिवेशन सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस