नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्याँलाई बढि मत
२०७८ मंसिर १४बुधबार
चितुवान । नेकपा एमालेको अध्यक्ष पदमा दोस्रो पटक केपी शर्मा ओली विजयी हुनुभएको छ । एमालेको आज सम्पन्न दशौं महाधिबेशनबाट ओली अर्का प्रत्यासी भिम रावललाइ पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष ओलीले १हजार ८सय ८ मत पाउनुभएको छ भने अर्का प्रत्यासी रावलले २सय २३ मत प्राप्त गर्नुभएको छ । ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने गरि कोशिश गर्नुभएको भएपनि रावल पछाडी नहटेपछि चुनाब उर्तेएका हुन । बरिष्ठ उपाध्यक्षमा भने इश्वर पोखरेल सर्वसम्मत हुनुभएको छ । उपाध्यक्षमा रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङ विजयी हुनुभएको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले खसेको मतमध्य सबैभन्दा धेरै १हजार ९सय ७६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सुरेन्द्र पाण्डेले १हजार ९सय २५, सुवासचन्द्र नेम्वाङले १हजार ८सय ६५, विष्णु पौडेलले १हजार ८सय ५६, युवराज ज्ञवालीले १हजार ८सय ४२ र रामबहादुर थापाले १हजार ७सय ६८ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले भने ७सय २५ मत प्राप्त गर्नुभएको छ । उपमहासचिवमा भने प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सचिबमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल विजयी भएका छन् । बिष्टले १हजार ९सय ७६ , भट्टराईले १हजार सय ९६४, विश्वकर्मा र अर्यालले समान १हजार ८सय मत पाएका छन् । यस्तै भट्टले १हजार ७सय ४, रायमाझीले १हजार ७सय र रघुवीरले १हजार ५सय १३ मत प्राप्त गरेका छन् । सचिब पदका प्रत्यासी आचार्यले १हजार ३सय र कार्कीले ५सय भोट ल्याएर पराजित हुनुभएको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शौराहमा नै बस्ने भएको छ ।