काँग्रेसको महाधिवेशनको तयारी अन्तिम चरणम

फिल्को मिसन

बुधबार, मंसिर २२,२०७८
काठमाण्डौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
शुक्रबारबाट सुरु हुने १४ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली काँग्रेसले जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको उहाँले बताए ।
कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ भने अन्य प्रकारका रोगका लागि पनि महाधिवेशनस्थलमै हेल्थडेस्क स्थापना गरिने पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
महाधिवेशनकै लागि निर्वाचन समितिले पनि पहिलो चरणको काम सकिएको जनाएको छ । सीआइएनसँग कुरा गर्दै समितिका संयोजक गोपालकृष्ण घिमिरेले एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस