विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्नुपर्छ : राष्ट्रपति

फिल्को मिसन

बुधबार २२,मार्ग २०७८
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न आह्वान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छिन् । उहाँले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरू अन्तर्राष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरू विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्त्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस