देउवा पक्षको उम्मेदवार छान्न बैठक बालुवाटारमा
मंसिर २५, २०७८
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्नको लागि अहिले बालुवाटारमा बैठक बसिरहेको छ । बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल भईरहेको श्रोतले जनाएको छ । देउवा आफै सभापतिमा उम्मेदवारी दर्ता र बाँकी पदाधिकारीका उम्मेदवार छनोटमा छलफल केन्द्रित रहेको छ । उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।
यता महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी छ ।