शेखर कोइरालाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

फिल्को मिसन

मंसिर २५, २०७८ शनिबार

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले उम्मेदवारी दर्ता गराएको छ ।शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको थियो । सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए । उनीहरु सबैले शनिबार दिउँसो महाधिवेशनस्थल भृकुटीमण्डपमा गई उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति उेम्दार शेखर कोईरालाको टिमी

अनलाईनर खबर बाट सभार

प्रतिक्रिया दिनुहोस