महाविधेशनको नाममा अरु पार्टी जस्तो भीड बनाउने होईन ,हामी विचार निर्माण गर्छौं : प्रचण्ड

फिल्को मिसन

मंसिर २५, २०७८ शनिबार
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन् । सबै प्रदेश अधिवेशनको एकैपटक भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डाले यस्तो बताएका हुन् । एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा दिदैँ उनले एमाले अधिवेशन विचार हिनताको र विचार शुन्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए।
माओवादी केन्द्रको प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले युवा, विद्यार्थी, महिला सबै कमरेडहरूलाई आक्रामक ढङ्गले प्रस्तुत हुन अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो । उहाँले आक्राम ढङ्गमा अघि गएपछि कुनैपनि दक्षिणपन्थी, बुर्जुवा, दलालले हामीलाई केही गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले आगामी चुनावमा एक नम्बर बन्ने दावी पनि गर्नुभयो ।
आफूहरू फरक जातको भएको दावी गर्दै उहाँले अर्कै विरासतका मान्छे भएका कारण भेडासँग हिँड्दाहिँडदै भेडा जस्तै भयौं कि जस्तो लाग्ने गरेको पनि उल्लेख गर्नुभयो । माओवादी केन्द्रको सात भौगोलिक, उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश समिति गरी ८ वटा सम्मेलन आजबाट सुरु भएको हो ।
त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवाद उन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे । उनले भने – ‘अरु पार्टीले ठुल्ठुला अधिवेशन भनेर भीड जम्मा गर्ने गरेका छन् । उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले अनावश्यक तामझाम नगर्ने जानकारी दिए । प्रचण्डले भने, ‘हामी ८ लाख सदस्य भएको पार्टी हो । हामी त्यो भन्दा ठूला तामझाम गर्न सक्छौं । त्यो गरौंला पनि कुनै दिन । तर, यसपाली हामी विचार केन्द्रित हुने छौं ।’
अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाई छ । उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए ।
गुटबन्दीका समस्या, अराजकता समस्या, स्वार्थ, पदलोलुपताका समस्या, हिजो कसरी क्रान्ति सफल पार्ने भन्ने चिन्ता हुन्थ्यो ।
उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रुपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस