पुस २३ जिल्लामा र प्रदेशको माघ ८ गते अधिवेशन गर्ने एमालेको निर्णय

फिल्को मिसन

मंसिर २५, २०७८ शनिबार
काठमाडौं । नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्लामा र प्रदेको माघ ८ गते अधिवेशन गर्ने निर्णय गरेको छ। भक्तपुरको गट्ठाघरमा शनिबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयो ।
दशौं महाधिवेशनबाट निर्वाचित भएपछि कार्यसूचिका आधारले पहिलो पटक बसेको दास्रो पुर्ण बैठकमा जिल्ला र प्रदेश अधिवेशनको मिति निर्णय गरेको छ । बैठकको सुरुमा यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ र प्रमाणपत्र वितरण गराइएको थियो।
आइतबार विहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी गठन, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका ६ वटा एजेण्डा तय भएको रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस