समाजवादका लागि संस्कारमा परिवर्तन गर्नुपर्नै अध्यक्ष नेपाल भनाई
मंसिर २५, २०७८ शनिबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन जोड दिनुभएको छ । समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गरी नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताए।
समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गरी नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।