एमालेले तोक्यो पदधिकारी र सात प्रदेशका इन्चार्ज

मंसिर २६, २०७८
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ जना समाबेश भएको स्थायी कमिटीको नाम प्रस्तावमा निर्णय गरेको छ । अध्यक्ष ओलीले घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारीको नाम सिफारिस गर्नुभएको छ । यस्तै रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा पनि सिफारिस भएका छन् । यसैगरि शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे , हिक्मत कार्की पनि सिफारिस भएका छन् । एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी तोकेको हो ।
आजैको बैठकले पोलिटब्यूरो पनि गठन गरेको छ । बैठकमा अध्यक्ष ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गर्नुभएको हो । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली सहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जनाको नाम प्रस्ताव गरिएको हो ।