कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपीको पढाइ शुरु 

फिल्को मिसन

मंसिर २६, २०७८
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) को पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति ( मिडवाइफ) सम्बन्धी अध्यापन शुरु गरिसकेको छ । सो विषयको अध्यापनअध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ । त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौँ विश्वविद्यालयमा पनि सो तहको अध्ययन अध्यापन हुन्छ ।

‘सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम् भूमिका निर्वाह गर्छ’, प्रशासकीय अधिकृत भण्डारीले भनुभयो ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तह(एमबिबीएस), एमडीजिपीलगायत शैक्षिक कार्यक्रम शुरुआत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले एमबिबीएस तहको अध्ययन अध्यापन गर्न गृहकार्य गरिसकेको उनले जानकारी दिए ।

सरकार र प्रा. डा. गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययनअध्यापन शुरु गर्ने विषयमा पनि सहमति भएको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीका क्रममा रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस