काँग्रेस सभापति पदको लागि दोस्रो चरणको मतदान जारी :२६ सय मत खस्यो

फिल्को मिसन

मंसिर २८, २०७८
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ । बेलुकी साढे ७ बजेसम्म दुई हजार २ सय ६ मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले बताउनु भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ वटा ठाउँ कायम गरिएको छ ।
मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहनुभएको छ ।
हिजो भएको मतदानमा ५ जना प्रतिस्पर्धामा रहेकाले कसैको पनि ५० प्रतिशत मत नकटेपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा हालका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीमा प्रतिस्पर्धा भइरहेको छ ।
दोस्रो चरणको मतदानको लागि पनि प्रतिनिधिहरू उत्साहपुर्वक तरिकाले लाइनमा बसेका छन् । यस अघि सभापतिको उम्मेद्वार रहेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि तथा कल्याण गुरुङ तीनै जनाले दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाइ सघाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस