राष्ट्रियसभामा माओवादीको प्रमुख सचेतकमा गोपी आछामी
मंसिर २८, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गोपी आछामीले राष्ट्रियसभामा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन्।आज (सोमबार) बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आछामीलाई राष्ट्रियसभाको प्रमुख सचेतक र सचिवको जिम्मेवारी तोकेको हो। सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारीले जिम्मेवारी पाएका छन्। बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमालेले वर्षे अधिवेशनमा पूरै समय अवरोध गरेको थियो । एमालेले हिउँदे अधिवेशनमा समेत अवरोध गर्ने बताउँदै आएको छ ।