कांग्रेस सभापतिमा देउवा विजयी, अन्य पदाधिकारीको मतगणना सुरु

फिल्को मिसन

मंसिर २९, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्। राति आएको मतपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याउनुभयो ।
यस्तै उहाँका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रिय निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए ।
उहाँका अनुसार ३३ मत भने बदर भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदानमा भएको हो ।
दोस्रो चरणको मतदानमा चार हजार ६ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको छ ।
अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । आजै दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समिति सदस्य केसीले बताउनुभयो । सकेसम्म छिटो मतपरिणाम सार्वजनिक गर्ने गरि गणनाको काम सुरु हुने उहाँको भनाइ छ ।पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो। १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो। कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस