छुटले गर्दा जग्गाको लालपुर्जामा महिलाको स्वामित्व बढ्दै
मंसिर २९, २०७८
सिमकोट । सरकारले महिलाको नाममा जग्गा पास गर्दा लाग्ने कर छुट दिने व्यवस्था हुँदा जग्गाको लालपुर्जा महिलाको स्वामित्व बढ्दै बढेको छ ।हुम्लाको नाम्खा गाउँपालिका–१ की लामु लामाले पहिलोपटक आफ्नो नाममा जग्गाको लालपुर्जा हातमा आएको बताउनु भयो ।
महिलाको नाममा जग्गा नामसारी गर्दा राजस्वमा छुट हुन्छ भन्ने कुरा थाहा पाए पछि आफ्नै नाममा जग्गा पास गर्न आएको बताइन ।
हुम्लामा दुई वर्षयता महिलाको नाममा जग्गा नामसारी गर्ने संख्या बढेको कार्यालय प्रमुख रवीन्द्र शाहीले बताए । चालू आर्थिक वर्षको मङ्सिर २६ गतेसम्म महिलाका नाममा ६४ वटा जग्गाको नामसारी भएको बताए। जुन अघिल्लो आर्थिक वर्ष ३१ वटामात्रै रहेको थियो। यसबाट सेवाग्राहीले २ लाख ७० हजार ३सय ५९ रुपैयाँ छुट पाएको प्रमुख शाहीले बताए ।
कार्यालयका अनुसार दलितको नाम जग्गा कारोबार गर्नेको संख्या पनि बढेको छ। पाँच महिनाको अवधिमा १९ वटा कारोवार भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष यो संख्या १८ थियो। जग्गा नामसारी गर्दा दलित, जनजातिको नाममा पनि पच्चीस प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको छ। राजस्व छुट पाउने अन्य वर्गमध्ये सहिद परिवार, अपांगता भएकाहरुको नाममा हालसम्म कारोबार नभएको मालपोत कार्यालयले जनाएको छ।