कांग्रेस महाधिवेशन :उपसभापतिको मात्रै गणना

फिल्को मिसन

मंसिर २९, २०७८ बुधबार
काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ।
केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले आजबाट काँग्रेसको अन्य पादाधिकारीको मतगणना सुरु गर्ने भनिएपनि उपसभापतिको गणना मात्रै बेलुकी ६ बजे बाट शुर गरेको निवार्चन सिमितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनु भयो । उहाँले आज उपसभापतिको मात्र मतगणना सुरु सकिउपछि त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुने पनि जानकारी दिनुभयो । दुईजना उपसभापति पदका लागि सातजना डा चन्द्र भण्डारी,दिव्यश्वरी शाह,धनराज गुरुङ्ग,पूर्ण बहादुर खड्का,महेश आर्चाया,विजय कुमार गच्छदार र सुजाता कोइराला प्रतिष्पर्धामा छन्।पदाधिकारीको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस