अझै भेटिएन चन्द्रे कामी, बुवा र छोरीलाई प्रहरीको नियन्त्रण

फिल्को मिसन

पुस ५, २०७८,सोमबार
हुम्ला । माथिल्लो जातकी युवती संग विवाह गरेकै कारण हुम्लाका एक जना युवाक पाँच दिनदेखि अझै बेपत्ता पारीएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्धारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरि व्यपत्ता गरेका छन् । बुधवार राती घरमा बसिरहेका बेला माइती पक्षबाट आएका कुटपिट गर्नुका साथै उनीहरूलाई बेपत्ता पारेका हुन् ।
घट्नाका विषयमा प्रहरीलाई जानकारी आए पछि लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटना स्थलमा पुगीसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचर्याले बताउनु भयो । प्रजिअ आचर्याका अनुसार बेपता युवक कामी र युवती मल्ल पक्षका दुवै संग बुझने र आवश्यक अनुसुन्धान भईरहेकोले केटी पक्षको बुवा लाई प्रहरीले अनुसुन्धानको लागि नियन्त्रण लिएको बताए ।
सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले युवा पक्षी कामीलाई निद्र्दात कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेको बुवा धनजय कामीले बताए ।
सुन्तली मल्ल भने आफनै घरमा भेटिएको युवक चन्दे कामी लाई अझै भेटाउन सकिएको छैन् खोजी कार्य तीब्र पारीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।
गएको मङ्सिर महिनाको ५ गते मल्लको घरबाटै भागी विवाह गरेर युवकले आफ्नो घरमा ल्याएको युवती पक्षका करीब २० जनाको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरहरुमा ताला लगाई घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको सर्केगाढ गाउँपालिकका वडानं १का वडा अध्यक्ष गोकुल बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस