मोडर्ना खोप अभियान सुरु हुम्लामा

फिल्को मिसन

पुस ५, २०७८,सोमबार
सिमकोट । हुम्लामा मोडर्ना खोप अभियान आज बाट शुरु गरेको छ
हिजै बाट शुरु गर्ने भनियाता पनि सोमबार सदरमुकाम सिमकोटका तीन विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति मानबहादुर रोकायाल बताए । सिमकोट गाउँपालिकाका कैलाश, बालमन्दिर र मानसरोवर माविका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाएको बताएको छ ।
कैलाश माविमा ३५० डोज, मानसरोवर माविमा ४०० डोज र बालमन्दिर माविमा ३४० डोज खोपसहित स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
हुम्लामा ६३७ भाइल खोप आएको छ। यसबाट ६ हजार ३७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउनेछन्। खार्पुनाथ गाउँपालिकालाई ७२० डोज, ताँजाकोटलाई ८३० डोज र अदानुली गाउँपालिकालाई १०८० डोज उपलब्ध गराइएको छ। जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन हुनेछ । हुम्लामा ९ हजार ६सय २१ जना रहेको अनुमान स्वास्थ्य कार्यालयले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस