निमावि शिक्षकका लागि २५९८ पदको लागि विज्ञापन खुल्यो

फिल्को मिसन

पुस ७,२०७८बुधबार
काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको लागि शिक्षक सेवा आयोगले विज्ञापन खुला गरेको छ । शिक्षकका सेवा आयोगले निम्न माध्यमिक तह २ हजार ५सय ९८ पदको लागि विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

Ni Ma Vi Teacher Vacancy-2078.pdf – Google Drive

प्रतिक्रिया दिनुहोस