माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन (फोटो फिचर)

फिल्को मिसन

पुस ११,२०७८आइतबार
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ । हिजो सम्म राष्ट्रिय सम्मेलन मात्रै गर्ने भनेको माओवादीले हिजोको स्थायी समिति बैठकबाट महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी महाधिवेशनको उद्घाटन भएको हो। महाधिवेशनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु समेत प्रज्ञा भवन पुगेका थिए।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका नेता महाधिवेशनमा शुभकामना दिन पुगेका थिए।
महाधिवेशनमा देशभरीबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ । माओवादीको जारी महाधिवेशनले १३ गते सम्म  चल्लने छ ।

प्रतिक्रिया दिनुहोस