माओवादी महाधिवेशन बन्दसत्र शुरु, राजनीतिक प्रतिवेदन पेश हुँदै

फिल्को मिसन

पुस १२,२०७८ सोमबार
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आज विहना ११ बजे देखि बन्दशत्र सुरु हुँदैछ । हिजो काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उदघाटन गरिएको थियो भने आज बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज प्रस्तुत हुने स्थायी समिति सदस्य जनार्दन शर्माले बताउनु भयो ।
उहाँका अनुसार विचारको रुपमा चित्रण गरेको माओवादीको महाविधेशन बन्दशत्रमा कुल १ हजार ६सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बताए ।
सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही बढ्ने र सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी जनाए । त्यसपछि समूह विभाजन गरेर छलफल गर्ने तयारी छ । राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्नेकार्यसूची रहेको छ ।सकेसम्म सहमति गरेर नेतृत्व चयन गर्ने माओवादीको योजना छ । सहमति नभए मतदानमा जान सकिने अबस्था रहेको छ । हिजो बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस