माओवादी महाधिवेसन : राजनितिक प्रतिवेदन र बिधान मस्यौदा पेश

फिल्को मिसन

पुष १२, २०७८,सोमबार
काठमाडौं । आठौं राष्ट्रिय महाधिवेशन अन्र्तगत अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राख्नुभएको छ भने पार्टीका नेता कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव पनि उल्लेख गरेको छ । माओवादी केन्द्रले ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । प्रचण्डले समाजवाद उन्मुख कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न जरुरी रहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डको राजनितिक प्रतिवेदनमा छलफल गर्नको लागि बिभिन्न २५ समुह बनाईएको छ ।
पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । मओवादीले जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने पनि प्रस्ताव पनि प्रचण्डको रहेको छ । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि संघर्षको प्रस्ताव गर्नु भएको छ ।
प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न २५ समूह बनाई संयोजकहरू पनि तोकिएका छन् । प्रचण्डले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने पनि बताउनुभएको छ । परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उहाँले बताउनुभयो । यस्तै महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गर्नुभएको हो । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै केन्द्रीय कमिटी २सय ९९ सदस्यीय हुने र केन्द्रीय समितिले १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको पनि छ । विचारको महाविधेशनको रूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा १ हजार ६सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस