निर्वाचनमा सुरक्षा र स्रोत साधनबारेमा छलफल

फिल्को मिसन

पुस१२,२०७८ सोमबार
काठमाडौं । नेपाल सरकारले आसन्न राष्ट्रियसभा सदस्यको र स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल सुरु गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव दिएका थिए । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन र व्यवस्थापनसम्बन्धी विविध विषयमा छलफल भएको बताएको छ ।बैठकमा अर्थ, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सबै सुरक्षा निकायका प्रतिनिधिको सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस