जेष्ठ नागरिकलाई उच्च सम्मान गर्न राष्ट्रपति भण्डारीको आग्रह

पुस१२,२०७८ सोमबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन् ।आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, प्रेरणा, अनुभव र सीपलाई उच्च मूल्याङ्कन गर्दै समाजको उत्थान र मुलुकको विकासमा उनीहरुलाई उपयोग गर्न पनि उहाँले आग्रह गर्नु भएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा उहाँले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गर्दै यस्तो आग्रह गर्नु भएको हो ।
उहाँले ज्येष्ठ नागरिकहरुलाई आघात पु¥याउने प्रवृत्तिहरुलाई निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन सबैमा आह्वान पनि गर्नुभएको छ ।
सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेकाले यी कानूनी र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका माध्यमबाट ज्येष्ठ नागरिक प्रति सम्मान गर्न उहाँको आग्रह थियो ।