रौतहटमा जिप दुर्घटनमा ५जनाको मृत्यु,दुई जना घाइते

फिल्को मिसन

पुस १३,२०७८मंगलबार
रौतहटमा । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । प्रहरीका अनुसार घाइते १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका १ जनालाई भने विरगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस