हुम्लामा बाक्लो हिमपात (फोटो फिचर)

फिल्को मिसन

पुस १४,२०७८
सिमकोट । हुम्ला सहित कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमाा भारी हिमपात भएको छ । सोमबार हुम्ला,जुम्ला, मुगु, डोल्पा, बाजुरा लगायतका हिमाली जिल्लामा भारी हिमपात भएको हो । यो हिमपात पुस महिनायताकै ठूलो रहेको सिमकोट गाउँपालिका वडानं ५निवासरी रामजन रावतले बताए । विहानै देखि हिमपात हुँदा हुम्लाका डाडाकाडा सेताम्ये देखिएका छन् । अहिले हिमपात निरन्तर भईरहेको छ ।
जिल्लाको उतरी दक्षिण नाकाहरुमा क्षेत्रमा बाक्लो हिमपात परेपछी जनजीवन कष्टकर बनेको छ । सामबार साँझदेखि हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण पशु चौपायमा बढी असर पुगेको स्थानीयको भनाई छ । नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायालाई घाँस, पानी दिन नसकिएको नाम्खा गाउँपालिका वडान ६का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो ।
चौथो पटक भारी हिमपात हुँदा किसान उत्साहित बनेका छन् भने सदरमुकाम सिमकोटमा विभिन्न उमेर समूहका नागरीक हिउँ खेलेर रमाई रहेका छन् । हिमपातले चिसो अत्याधिक बढेकोले बालबालिका र बुढाबुढी बढी समस्यामा परेका छन् । तापक्रम माइनस १२ डिग्री सेल्सीयस पुगेको । यस्तै अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात अवरुद्ध भएको छ । छोटो दुरीका सवारी साधन समेत सञ्चालनमा बन्द रहेका छन् ।

 

 

दाने बोहरा र रामजन रावतको सहयोगबाट फोटा सभार

 

प्रतिक्रिया दिनुहोस