सेन्ट्रल जोन भलिबलको कपको विजेता लाई जनहि ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

फिल्को मिसन

पुस१४,२०७बुधबार
काठमाण्डौ । सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टोलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।
आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच÷पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्नुभएको थियो । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले आज नेपाली महिला टोलीलाई बधाई दिनुभएको हो । बधाई दिँदै राष्ट्रपति भण्डारीले उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना दिनुभएको छ । यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टोलीलाई बधाई दिएका थिए ।
बङ्गलादेशको ढाकामा हािजे उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भयो । उपाधि विजेता नेपाली टोली भोलि बिहीवार नेपाल फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस