राष्ट्रियसभा सदस्य निर्वाचन : नौ दलका ४३ जनाले दिए उम्मेद्वारी दर्ता

फिल्को मिसन

पुस २०,२०७८मंगलबार
काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि नौ दलका ४३ जानले उम्मेद्वारको मनोनयनपत्र दर्ता गराएको छन । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज (मंगलबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराएको आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए । काँग्रेस , एमाले र माओवादी केन्द्र तथा अन्य दलले पनि यसअघि नै उम्मेद्वारको टुङ्गो लगाएका छन । सोही अनुसार आज उम्मेद्वारहरूले उम्मेद्वारी दिएका छन् । सुदूरपश्चिम प्रदेशबाट ४ राजनीतिक दलका ६ जनाले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले प्रदेश निर्वाचन कार्यालय कैलालीमा मनोनयन दर्ता गरेका छन् । यस्तै ६ जना राष्ट्रियसभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा चार राजनीतिक दलबाट ६ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा पनि ३सदस्यको लागि गठबन्धनका तर्फबाट सुरेश आलेमगर, भुवन सुनार र कमला पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ ।एमालेको तर्फबाट पुण्यप्रसाद पौडेल, लीला थनेत तथा अर्जुनकुमार सोनामले उम्मेदवारी दिनुभएको छ । प्रदेश २ मा पनि २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ मा पनि ३ सिटको लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४सय ९३ र प्रदेशसभाका ५सय ३२ मतदाता रहनेछन् ।
निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेद्वार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस