सरकारले ५७ उपसचिव र ३० प्रशासकीय अधिकृत एकैसाथ सरुवा
पुस २१,२०७८ बुधाबार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । जसमध्ये ३० जना उपसचिव नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सरुवा भएका हुन् । ३० नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा, प्रमुख प्रशासकीय रिक्त रहेका १२ स्थानीय तहहमा पदपूर्ति भएको छ । यस्तै १३ नगरपालिकामा पुराना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर नयाँ आएका छन् । ५ स्थानीय तहले भने प्रमुख प्रशासकीय अधिकृत गुमाएका छन् । सरुवाको निर्णय हुँदा धनुषाको नगराइन नगरपालिका, दैलेखको दुल्लु नगरपालिका, नवलपुरुको कावासोती नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र तनहुँको भिमाद नगरपालिकामा नयाँ पदस्थापन गरिएको छैन । काठमाडौंका पाँच नगरपालिकामा बुढानिलकण्ड नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका परिवर्तन भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि परिवर्तन भएको छ । यस्तै कैलालीको टिकापुर नगरपालिका, बर्दियाको बारबर्दिया नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका, बागलुङको बाग्लुङ नगरपालिका र सुनसरीको दुहवी नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।