एमाले हुम्लाले अधिवेशनको लागि प्रतिनिधि छनौट

फिल्को मिसन

पुस२१,२०७८
सिमकोट । नेकपा एमाले हुम्लाको नवौं अधिवेशनका लागि २सय ७६ प्रतिनिधि छनोट गरेको छ ।
यहि पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट लगायत अन्य व्यवस्थापनका कार्यहरु सम्पन्न भएको एमाले हुम्लाले बताएको छ । हुम्लाको लिमी बाहेक ४३ वटामा रहेको पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले बताए ।
लामो समयपछि हुन लागेको नवौं जिल्ला अधिवेशनका लागि १सय २४ जना प्रतिनिधि छनौट गरीएको पार्टी सचिव ढकालले बताउनुभयो । अदानुलीबाट २२, चंखेली १४, ताँजकोट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोट १८ र नाम्खा गाउँपालिकाबाट ६ जना नवौं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएको छ ।
पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको छ । एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।
अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । हुम्लामा एमालेका ४ हजार ८सय ७२ जना संगठित सदस्य रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस