हुम्लाका नेताहरुलाई माओवादी केन्द्र पार्टी नछोडन आग्रह

फिल्को मिसन

पुस २३,२०७८
काठमाडौं । पुर्व सभासद छिमी दोर्जे लामा (आशाकार )सहितका आधा दर्जन कार्यक्रता एमाले पार्टीमा प्रवेश गरे पछि नेकपा माओवादी केन्द्र हुम्लाका नेताहरु लाई पार्टी नछोड्न दबाब दिएका छन ।
आठौ राष्ट्रिय महाअधिवेसनबाट नेकपा माओवादी केन्द्रले हुम्ला लाई २ जना केन्द्रिय मनोनित गरको थियो । त्यसमा पूर्व केन्द्रिय सदस्य विजय भण्डारी (प्रतिरोध) र संसद छक्क बहादुर लामा मनोनित गरेपछि पुर्व सभासद छिमी दोर्जे लामा (आशाकार)केन्द्रपार्टीले निर्णयप्रति असन्तुष्टी जनाएका थिए । ं
हुम्ला काठमाडौं सम्र्पक समन्वयले बधाई तथा अन्तरक्रिया कार्याक्रमा छलफल गर्दै जिल्लाका अगुवा कार्याक्रताले पार्टी नेता र कार्यकर्ताको आचरण सुधार गर्नुपर्ने लगायत सुझाव दिएका छन् । लामो समय देखि लागेका पार्टीका नेताहरु माओवादी केन्द्र पार्टी विभभिन्न सयममा छोडेर जाने लाई फिर्ता बोलाउने व्यवस्था समेत माग गरेका छन् ।
माओवादीका नेताहरु आघात पर्ने गल्ती र कमीकमजोरी भए सार्वजनिक गर्नुपर्ने व्यवस्था समेट्न सुझाव दिएका छन् । आफ्ना नेताहरुलाई यो बाटोमा नहिंड्न् माओवादी केन्द्रको तल्लो कमिटीका कार्यकर्ता एवं जनताहरुले सुझाव दिएका छन् ।
आउँदो निर्वाचन र अव्यवस्थित जस्तै बनेको संगठनात्मक गतिविधिलाई मध्यनजर गर्दै सुदृढीकरण अभियानलाई तिब्रता दिने हुम्लाका माओवादी नेताहरुको भनाइ छ। उसोत माओवादी नेताहरुलाई आफ्नो पृष्ठभुमि र वर्ग बिर्सिएर अन्य पार्टीमा प्रवेस गर्नु भनेको गलत भएको बताएका छन ।
पार्टी संगठन बिस्तार मात्रै नभएर जनताका आधारभुत समस्या समाधान गर्ने उपाएको खोजीमा पनि केन्द्रित रहेको नेकपा माओवादी केन्द्र नवनिर्वाचित केन्द्रय सदस्य छक्क बहादुर लामाको भनाई छ । माओवादी केन्द्रका नव केन्द्रीय सदस्यस विजय भण्डारी(प्रतिरोध)ले माओबादी आन्दोलन र जनयुद्धले उठान गरेका मुद्दाहरुले अहिले सम्म आउँदा सार्थकता पाएको बताए । उहाँले माओबादी आन्दोनको जगबाट सत्ताको नेतृत्व गर्न गएका जनप्रतिनिधि र अन्य पार्टी प्रतिनिधिको बिचमा कस्तो भिन्नता हुनुपथ्यो लगायत आम जनजिविकाका तमाम सवालमा समाधानका उपायको खोजी बताए ।

 

प्रतिक्रिया दिनुहोस