एमालेका २० जिल्लामा नयाँ नेतृत्व चयन

फिल्को मिसन

पुस २५,२०७८
काठमाडौं । नेकपा एमालेका २० जिल्लामा नयाँ नेतृत्व छानिएको छ । जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको थियो । एमाले प्रचार विभाग उपप्रमुख नेता विष्णु रिजालका अनुसार ६४ जिल्लामा अधिवेशन चल्दै गर्दा कपिलवस्तुमा डम्बर शर्मा र नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी चुनावबाट अध्यक्षमा निर्वाचति हुनुभएको छ ।
बाँकी १८ जिल्लामा भने सहमतिबाटै अध्यक्ष छानिएको पनि नेता रिजालले बताए। उहाँले दिएको जानकारी अनुसार एमालेको झापा अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन र बर्दियामा लालबहादुर श्रेष्ठ सहमतिबाटै चुनिएका छन ।
बॉके अध्यक्षमा किस्मतकुमार कक्षपती, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जू, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा अनि खोटाङमा रामप्रसाद दङ्गाल अध्यक्षमा चयन हुनुभएको छ । सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली र रसुवामा कर्णेल लामा सहमतिबाटै अध्यक्ष चयन भएको पनि एमाले प्रचार विभाग उपप्रमुख विष्ष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस