माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

पुस२६,२०७८
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।बैठकले सबै १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई अनिवार्य रूपमा खोप उलपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।सीसीएमसीले निर्णय गर्नुअघि प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा शिक्षा मन्त्रालयले विद्यालय बन्द भए पनि सबै विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरुको बैठकले उच्च सर्तकता अपनाउनका लागि मास्क नलगाउनेलाई सय रुपियाँ जरिवाना, २५ जनाभन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । बैठकले आन्तरिक हवाई उडानका लागि अनिवार्य खोप कार्ड बोक्नुपर्ने, होटल र सिनेमा हलमा जाँदा अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गरेको छ ।