चलचित्र ‘हेल्लो जिन्दगी’ ११ चैतबाट प्रदर्शनमा आउने

फिल्को मिसन

पुस २६,२०७८
काठमाडौं । फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत थालेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले सिद्धार्थ बनस्थली–२०४७ को साथीहरुलाई ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ बाडेर फिल्मको प्रचार गरेका छन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ युके र नेपालमा खिचिएको हो । महंगो लगानीमा निर्माण भएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।
फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, धु्रव दत्त, कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ ।निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा रहेको फिल्मको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस