हिमपात विचमा ज्येष्ठ नागरिक कम्बल वितरण

फिल्को मिसन

पुस२६,२०७८
हुम्ला । सिमकोट गाउँपालिका वडानं ३ र ४का तिन सय ज्येष्ठ नागरिक र एकल महिला लाई न्यानो कपडा कम्बल वितरण गरेको छ । लगतार परिरहेको हिउँको तापक्रमले बढ्दै गएको चिसोको कारण माइनस १२डिग्रसेल्सीयसमा न्यानो कपडा वितरण गरिएको छ । बौद्धधर्मलम्बिहरुका धार्मिक गुरु ड्रिकुङ्ग क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८० औं जन्म उत्सवको अवसरमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको इन्टरनेश्नल ड्रिकुङ्ग क्याबगोन काउन्सिलका संस्थाका सचिव रबिन्द्र लामाले बताए ।
जिल्लामा चिसो अत्याधिक बढ्दै गएपछि ज्येष्ठ नागरिक, एकल महिला र दलित परिवारलाई सहयोगको गरेको सोही संस्थाका सचिव लामाले बताए । सिमकोट गाउँपालिका वडा नम्बर ३ रहेका लिमाटाङ, बरगाउँ, तोर्पा र हुटिक गाउँमा रहेका बौद्ध धर्म मान्ने लामा समुदायका साथै दलित घरपरिवारलाई समेत वितरण गरिएको सचिव लामाले जानकारी दिए ।
जिल्लाको तापक्रम माइनस १२ डिग्रीमा झरेका चिसो अत्याधिक हुने गरेको छ । यो चिसो मौसममा उनिहरुलाई निकै राहत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस