आज पृथ्वीजयन्ती मनाइँदै

फिल्को मिसन

पुस २७,२०७८
काठमाडौं । आज ३ सयौं पृथ्वी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल हुनुभएको थियो । पृथ्वी जयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस