काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई खोप लगाउँदै

फिल्को मिसन

पुस२७,२०७८
काठमाडौं । काठमाडौं र ललितपुरका उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।कोरोनाविरुद्धको फाइजर खोप १२ वर्षदेखि १७ वर्ष उमेर पुगेकाहरूलाई आजबाट खोप लगाउने शुर गरेको छ ।
पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर÷किशोरीलाई खोप दिइने छ । स्वास्थ्य कार्यालय भक्तपुर र काठमाडौंका अनुसार विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका किशोर÷किशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउने सरकारले नै व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस