उपचार पछि प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

फिल्को मिसन

पुस२७,२०७८
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा उपचारका लागि भारतमा गएका आज स्वदेश फर्किदै छन्। पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएको सैनिक स्रोतले बताएको छ । प्रधानसेनापति शर्माको उपचार भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा भएको हो। प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो।

प्रतिक्रिया दिनुहोस