माओवादी नेता पुन आज स्वदेश फर्किँदै

फिल्को मिसन

पुस २७,२०७८
काठमाण्डौ । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ । अस्पतालबाट डिस्चार्ज भएका उहाँ आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ । दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो ।
जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लाग्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस