जनयुद्धका घाइते र बेपत्ता परिवारलाई स्वास्थ्य बिमा

फिल्को मिसन

पुस २७।२०७८
दाङ। दाङमा जनयुद्ध तथा जनआन्दोलनका घाइते, शहीदर वेपत्ता परिवारहरुको निः शुल्क स्वास्थ्य बिमा गरिएको छ ।
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ र १७ ले शहीद तथा वेपत्ता परिवारको तथ्याङ संकलन गरी निः शुल्क बिमा गरेको छ । घोराही वडानं. १४ भित्र जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका घाइते, शहीदर वेपत्ताका १८ घर परिवारका करिब एकसय जना बसोवास गर्दै आएका छन् ।
वडाध्यक्ष शक्तिराम डाँगीले सोमवारदेखि वडाले वार्षिक बजेटबाट घाइते, शहीदर वेपत्ता परिवारको निुशल्क स्वास्थ्य बिमा गरिदिएको बताए । यस्तै वडा नं. १७ का ३१ घर परिवारका एकसय ५५ जनाको निः शुल्क स्वास्थ्य विमा गराइएको घोराही वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस