नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

फिल्को मिसन

पुस २८,२०७८
काठमाडौं । लोक सेवा आयोगले अप्राविधकतर्फ नायव सुब्बा पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगद्वारा करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरिएको हो।
आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन जारी गरेको हो। दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने जनाइएको छ।

दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस